सतिदेवीको गुहृय पतन भएको ठाउँ

सतिदेवीको गुहृय पतन भएको ठाउँ

काठमाडौँ । बागमती नदीको दक्षिणी किनारामा अवस्थित गुहृयश्वरी मन्दिर उपत्यकाको एक प्रसिद्ध मन्दिर हो । सतिदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास छ ।

यो स्थान तेत्तीसकोटी देवताको पूजा आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह रहेको छ ।

यसमा एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ।

महात्म्य
यो शक्तिपीठ पु‍राणमा वर्णित ५१ शक्तिपीठहरू मध्य एक भएकोले संसारका धर्मालम्बीको लागि विशेष पुजनीय रहेको छ । पुराण अनुसार यहाँ सतीदेवीको दुई घुडा पतन भएको वर्णन छ । तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.