भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सत्ता समीकरणका लागि माओवादी केन्द्र बैठक बस्दै

सत्ता समीकरणका लागि माओवादी केन्द्र बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल र समीकरणको विषयमा छलफल हुने केन्द्रले जनाएको छ ।

आज बस्ने बैठकमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन अनुरोध गर्ने बताइएको छ । मौका दिँदा पनि नफर्किए हदै सम्मको कारबाही गर्ने नेकपा माओवादी केन्द्रले तयारी थालेको छ ।

यता एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषय पनि बैठकको एजेण्डा हुने एक नेताले बताए । माधव नेपाल पक्षलाई खबरै नगरी ओलीले विभिन्न पार्टी कमिटी पुनर्गठन गरेका थिए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि ओली भने बहुमतमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.