भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अमेरिकामा प्रहरीबाट मारिएका जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब क्षतिपूर्ति

अमेरिकामा प्रहरीबाट मारिएका जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब क्षतिपूर्ति

प्रहरीले घाँटी न्याक्दा मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारलाई अमेरिकाको स्थानीय सरकारले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ (२७ मिलियन डलर) क्षतिपूर्ति दिने भएको छ। सन्‌ २०२० मे २५ तारिखका दिन मिलियापोलिस नगरमा फ्लोयडको हत्या भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले फ्लोयडमा समातेर भुइँमा लडाइ घाँटीमा घुँडाले थिचेर मारेका थिए।

यो घटनालगत्तै संसारभर काला जातिको अधिकार र श्वेत दमनविरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन चर्किएको थियो। हत्या भएको झण्डै एक वर्षपछि मिलियापोलिस नगर परिषद्‌ बैठकले फ्लोयडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत (क्षतिपूर्ति) दिने घोषणा गरेको हो।

 


Thali Mobile Pvt.Ltd.