भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको प्रधानमन्त्रीको भनाइ

सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको प्रधानमन्त्रीको भनाइ

एजेन्सी । मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको उनले बताएका हुन ।

आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ले एक सिट जितेको छ । एलडीपीले प्रतिनिधि सभा वा तल्लो सदनको तीन निर्वाचन क्षेत्र र माथिल्लो सदन हाउस अफ काउन्सिलरको एक निर्वाचन क्षेत्रमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित गरेको थियो ।

जापान इनोभेसन पार्टीले एलडीपीलाई पराजित गर्दै तल्लो सदनको आफ्नो सिट सुरक्षित गरेको छ भने प्रमुख विपक्षी कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापानले तीनवटै निर्वाचन क्षेत्रमा हार बेहोरेको छ ।

प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि “हामीले एकपछि अर्को गर्दै महत्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन,” प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भने ।

उनले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउँने योजना बनाइरहेको हुन सक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.