भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

समाचार प्रभाव : भक्तपुर अस्पतालको आइसोलेसन ५ सय वेडको बनाउन मन्त्री दुलालको निर्देशन, छिट्टै कर्मचारी व्यवस्थापन गरिने

समाचार प्रभाव : भक्तपुर अस्पतालको आइसोलेसन ५ सय वेडको बनाउन मन्त्री दुलालको निर्देशन,  छिट्टै कर्मचारी व्यवस्थापन गरिने

रक्तिम दैलेखी / भक्तपुर । भक्तपुर अस्पतालको आइसोलेसन सेन्टरमा तत्काल ५ सय बेड बिस्तार गर्न बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले निर्देशन दिंएका छन् । विहान आइसोलेसन सेन्टरको अनुगमन गरेका मन्त्री दुलालले यस्तो निर्देशन दिएका हुन ।

दुई दिन पहिले कैलाश खबर डट कमले आइसोलेसनमा कर्मचारी अभाव, अभावकैबीच कर्मचारीको उत्कृष्ट कार्य सम्पादन शिर्षको समाचार वाहिर ल्याएको थियो । त्यस लगतै शनिवार बिहान मन्त्री दुलालले दुधपाटीस्थित भक्तपुर अस्पताल परिसर र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरको अनुगमन गरेका हुन ।

yubrajdula अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मन्त्री दुलाललाई दुधपाटी र खरीपाटीस्थित आइसोलेसन सेन्टरको स्थलगत अवलोकन गराएकि थिइन् । हाल दुधपाटीस्थित अस्पतालमा ४ जना र खरीपाटीस्थित आइसोलेसन सेन्टरमा ८ जना कोभिड पोजिटिभ बिरामी राखिएको छ ।

स्थलगत अवलोकन पछि मन्त्री दुलालले कोही पनि उपचार सेवाबाट बन्चित हुने अवस्था आउन नदिन सचेत गराए । कोभिड १९ संगको लडाईमा बजेटको चिन्ता नगर्न आस्वासन दिंदै स्वास्थ्यकर्मीका समस्याप्रति सरकार सचेत रहेको भन्दै आवस्यक जनशक्ति यसै महिना भित्र पदपूर्ती गरिसक्ने र त्यसका निम्ति बिज्ञापन समेत भैसकेको जानकारी दिएका थिए । अस्पतालमा अहिले तीन वटा भेन्टिलेटरसहित ५ बेडको आइसीयु कक्ष छ ।

 


Thali Mobile Pvt.Ltd.