भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने

काठमाडौं । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने बताएको छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुने भन्दै आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई अनौपचारिक जानकारीसमेत दिइसकेको जनाएको छ ।

गर्नुपर्ने काम अब ४० दिनभित्र गरिसक्नुपर्ने भएकाले आफ्नो कार्य गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा ३६ वटा विधेयक र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयक १० वटा विचाराधीन छन् ।

दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ ।

संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.