भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

सम्झौताविपरीत काम गरेकाे भन्दै सालासुङी जलविद्युत आयोजनाकाे काम ठप्प

सम्झौताविपरीत काम गरेकाे भन्दै सालासुङी जलविद्युत आयोजनाकाे काम ठप्प

रसुवा । निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले आयोजनाको काम ठप्प पारेका छन् । आमाछोदिङमो गाउँपालिका–५ मा निर्माणाधिन उत्त जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको आधारमा काम नगरेको भन्दै काम ठप्प पारेका हुन ।

सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको हो तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चौँरी तथा भेडा पालक किसान समस्यामा परेको सोनामनुर्पु तामाङले बताए । माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको आमाछोदिङमो गाउँपालिका–५ का वडाध्यक्ष टासी छेवाङ तामाङले बताए ।

संझौता अनुसार काम नभएको उनको भनाइ छ । आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ ।

केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.