भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सरकारका सय उपलब्धि, आशा र विश्वास

सरकारका सय उपलब्धि, आशा र विश्वास

काठमाडौं । देउवा नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । बुधबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनतामा आशा र विश्वास जागेको दावी गरे ।

सरकारले सय दिन पूरा गरिसक्दा मन्त्रिपरिषदले समेत पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेका बेला चार पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अहिलेसम्म सम्हालिरहेका छन् । सरकार बनेको ८८ दिनपछि २२ असोजमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा गजेन्द्रबहादुर हमाल उद्योग मन्त्री नियुक्त गरियो भनेर चर्को आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिए । मन्त्रिपरिषद् फेरि अपूर्ण नै छ । संसदमा बहुमत जोगाउने प्रयत्नमै बाहेक सरकारका सय दिनसँग ठूलो अपेक्षा गर्न नसकिने राजनीतिक विश्लेषकहरु बताउँ छन् । संविधान र संसद् जोगाउन सफल हुनुलाई नै वर्तमान सरकारको सफलता मान्नुपर्ने तर्क नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको छ ।

एकीकृत समाजवादीको मान्यतासँगै संसदमा बहुमत जोगाएका प्रधानमन्त्री देउवालाई फेरि सत्ता साझेदार दलहरुबीच शक्ति सन्तुलन मिलाउन सकस परेका चर्चा हुन थालेको छ । सरकारले सय दिन मनाइरहदा संसदमा एमाले अवरोध थप समस्या बनेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना र चुनौती बनेको छ । सभामुख अग्नी सापकोटाको राजीनामा माग्दै एमालेले संसद अवरोध कायमै राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.