भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

ध्यान आरडिटीमै किन ? थप डेढ लाख RDT किट किन्दै सरकार

ध्यान आरडिटीमै किन ? थप डेढ लाख RDT किट किन्दै सरकार

२२ जेठ २०७७ काठमाडौं । विज्ञहरुको सुझाव र अनुसन्धान प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारले ढेढ लाख किट किन्न लागेको छ ।

कोरोना भाइरस सक्रमित बढ्दै जान थालेपछि परीक्षणको दयारा फराकिलो बनाउन थप डेढ लाख थान र्‍यापिड डाइग्‍नोस्टिक टेष्ट किट (आरडीटी) किन्‍ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोभिड–१९को परीक्षण थप बढाउनु पर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरीद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो । विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ ।

विज्ञले आरडीटी परीक्षणको औचित्य नभएको भन्दै गर्दा मन्त्रालयले पुनः आरडिटी किट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्रोतका अनुसार भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिएकाहरु क्‍वारेन्टाइनमा रहेको अवस्थामा परीक्षणका लागि यस्तो निर्णय लिइएको हो ।

 


Thali Mobile Pvt.Ltd.