भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सरकारले पूर्ण बन्देज हटायो

सरकारले पूर्ण बन्देज हटायो

काठमाडौं । सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देजलाई हटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो । मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयकी उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.