काठमाडौं । स्काई डाइभिङ८का क्रममा अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ ।
पारासुट नखुल्दा उनको मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भर्चुअल स्काई डाइभिङ प्रतियोगिताको क्रममा ती व्यक्ति जुरियन खाडी नजिकैको क्षेत्रमा विमानबाट हाम फालेका थिए । तर, पारासुट नखुल्दा उनी जमिनमा पछारिए र मृत्यु भयो ।
