भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सर्वोच्च अदालतमा न्यायाधीशहरूकाे तमासा देखियोः केपी शर्मा ओली

सर्वोच्च अदालतमा न्यायाधीशहरूकाे तमासा देखियोः केपी शर्मा ओली

काठमाडौं । सर्वोच्च अदालत भित्रको कोचिङ्गल संविधान कार्यान्वयन ठीक ढंगले भए नभएकोसंग तुलना गर्नु पर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउनुको कारण के रहेछ भन्ने कुरा अहिले न्यायाधीशहरूको विवादले पुष्टी हुन थालेको जिकिर गरे । अदालत पाकिस्तानी शैलीमा परमादेश जारी गरेर सरकार हटाएको जिकिर गर्दै ओलीले सर्वोच्च अदालतको आलोचना गरे ।

उनले भने, ‘संविधानमै नभएका कुरा, दुनियाँमा कही नभएको कुरा, दुनियाँको संविधानमा नभएको कुरा, सरकार बनाउने र हटाउने जस्ता कुरा पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ ? आज सर्वोच्च अदालतमा आफै देखिएको छ तमासा, श्रिमान न्यायाधीशहरु आफै कस्ले के के गरेको थियो भन्न थालेका छन् ।

परमादेश त एक जनाले मात्रै होइन् पाँचै जनाले गर्नु भएको थियो होला, एक जनासँग मात्रै किन राजीनामा मागिरहनु भएको छ ? सर्वोच्च अदालतमा अहिले तमासा देखिएको छ ।’

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा नदेखाउन न्यायाधीशहरुलाई सूझाब दिए । परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि ? भन्दै ओलीले एकजनाको मात्रै राजीनामा किन माग्नुहुन्छ भनेर उल्टै प्रश्न तेर्साए ।

 


Thali Mobile Pvt.Ltd.