सर्वोच्चमा आज पनि जवाफी बहस, रिट निवेदकलाई २ घण्टाको समय

सर्वोच्चमा आज पनि जवाफी बहस, रिट निवेदकलाई २ घण्टाको समय

काठमाडौं । आज पनि संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस जारी रहनेछ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् ।

अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप अधिवक्ताको छ ।

अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क उनीहरुको छ ।

जवाफी बहस सुरु गर्नु अघि ईजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.