भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड गायिका लक्ष्मि तामाङलाई

सर्वोत्कृष्ट ‘तामाङ सेलो’ अवार्ड गायिका लक्ष्मि तामाङलाई

काठमाडौं । तामाङ समुदायका सस्यालाई गीत मार्फत बाहिर ल्याउने तथा सबैको मन मुटुमा बस्न सफल चर्चित गायिका लक्ष्मि तामाङ सर्वोत्कृष्ट तामाङ सेलो अवार्डबाट सम्मानित भएकी छन् । राजधानीमा सम्पन्न दोस्रो नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड २०७८ मा तामाङको चाईना जुत्ता बोलको गीतबाट वेष्ट सेलो गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

गायक रोशन फ्युवाद्वारा निर्देशित उक्त गीतमा फ्युवाकै शब्द संगीत रहेको छ । कलाकारहरु रोशन फ्युवा ,आरम्भ तामाङ, अस्मिता तामाङ र रोशनी तामाङको अभिनय रहेको यस गीतमामा तामाङहरुको मौलिक कला सस्कृति रनाचहरुलाई समाबेश गरिएको छ । तामाङ संस्कृतिलाई जगेर्ना गर्ने युग सुहाउँदो बिम्ब जोडेर श्रृङ्गारलाई भिडियोमा उतारिएको छ । मिठासपूर्ण शैली प्रस्तुत गरिएको गीत सबैको रोजाइमा परेको छ ।

नेपाली गीत संगीतको आकाशमा छाउन सफल र सक्रिय गायिका तामाङले अवार्ड हात पारेपछि आफुलाई थप हौसला मिलेको कैलाश खबरलाई बताइन् । अवार्ड पाइरहदा आफ्नो कर्मलाई अझ परिस्कृत गरेर यसलाई निरन्तरता दिन थप प्रेरणा मिल्दै गएको बताईन । गीत संगीतमा गरेको मेहनत र संघर्षको मुल्याङ्कन भएको हुँदा औधि खुसी भएकी तामाङ यो अवार्ड संघर्षकै रुप भएको बताउँछिन् ।

दर्शक स्रोताहरुको अगाध मायाले अझ मेहनत र संघर्ष गर्दै जाने उनको भनाइ छ । कार्यक्रमा दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधालाई समेटेर अवार्ड प्रदान गरिएको थियो। वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड कार्यक्रममा प्रदान गरिएको थियो ।

यस्तै वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषणले सम्मान गरिएको थियो ।राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ निम अवार्डमा पनि चाईना जुत्ता कोलको गीतबाट गायिका लक्ष्मि तामाङ सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको सूचिमा पर्न सफल भएकी छन् । अवार्ड वितरण आगामी चैत्र २० गते हुने आयोजकले जनाएको छ ।
उनै अवार्ड विजेता गायिका तामाङ्गसंग कैलाश खबर एच.डिमा हामीले कुराकानी गरेका छौं ।

हेर्नुहोस् अनि मनोरञ्जन लिनुहोस्…