ससुराले बलात्कार गरेको बाहिरिने डरले उनको हत्या भयो…

ससुराले बलात्कार गरेको बाहिरिने डरले उनको हत्या भयो…

१६ असार २०७७ मकवानपुर । असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा संलग्न भएको आरोपमा ससुरा प्रकाश, सासू तुलसा, नन्द दुर्गा र सीता पक्राउ परे । हिजो प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्यो ।

जव पत्रकार सम्मेलन भयो अनि पक्रारका सामु घटनाको अनुसन्धान रिर्पोट प्रस्तुत भयो । ससुराले गरेको बलात्कारको घटना बाहिरिने डरले हत्या भएको अनुसन्धानमा देखियो । ६ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद हत्याको अर्को प्रमाण प्रस्तुत भयो ।

यी र यस्तै कुरालगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले अनुरन्धानमा फेला पा¥यो । जेठी नन्दको पनि हत्यामा संलग्नता रहेकोले घटनाको थप अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.