भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सहजरूपमा बागमतीकाे सत्ता हस्तान्तरण गर्न गठबन्धनको आग्रह

सहजरूपमा बागमतीकाे सत्ता हस्तान्तरण गर्न गठबन्धनको आग्रह

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री बनेको दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् ।

गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्दै शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

प्रदेश सभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेश सभामा सभामुखसहित ५६ प्रदेश सभा सदस्य रहेको एमालेबाट बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेका तत्कालीन सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् ।

एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ । शाक्यलाई साना दलहरूले समर्थन गरे पनि विश्वासको पक्षमा बहुमत पुग्ने छाट छैन ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीविरुद्ध ५९ जनाको हस्ताक्षर सङ्कलन भइसकेको बताए । प्रदेश सभामा एमाले ४३ जना, माओवादी केन्द्र २३ जना, नेपाली काँग्रेस २२ जना, नेकपा (एकीकृत समाजवादी) १३ जना, विवेकशील साझा पार्टी ३ जना, नेमकिपा २ जना, राप्रपा २ जना र जनता समाजवादी पार्टी १ जना साँसद छन् ।

 


Thali Mobile Pvt.Ltd.