भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

उपत्यकामा मात्रै २३५ कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्यु

उपत्यकामा मात्रै २३५ कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो समय उपत्यकामा मात्रै २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ सय ७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना निको भएका छन् । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति ?
काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१, भक्तपुरमा २५, कास्कीमा २३, मोरङमा १८, नुवाकोटमा १६, बाँकेमा १५, स्याङ्जामा १३, सुनसरीमा १२ तथा बागलुङ र अर्घाखाँचीमा १०, १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.