भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकामा मात्रै २३५ कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्यु

उपत्यकामा मात्रै २३५ कोरोना संक्रमित थपिए, ११ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो समय उपत्यकामा मात्रै २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ सय ७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना निको भएका छन् । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति ?
काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१, भक्तपुरमा २५, कास्कीमा २३, मोरङमा १८, नुवाकोटमा १६, बाँकेमा १५, स्याङ्जामा १३, सुनसरीमा १२ तथा बागलुङ र अर्घाखाँचीमा १०, १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.