सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक बस्दै

सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने दलहरुले बताएका छन् । शुक्रबार दिनभरजसो छलफल भएपनि सहमतिमा टसकोमस नभएपछि आज बस्न लागेका हुन ।

बैठकमा दलहरुले पुरानै अडान कायम राखेपछि सहमति जुटाउन आज पनि मुस्किल पर्ने नेपाली काँग्रेसका नेताले बताएका छन् । सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरुले शनिबार फेरि बैठक बस्ने बोलाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.