भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सामाजिक सेवा दिवस मनाइदै

सामाजिक सेवा दिवस मनाइदै

काठमाडौं । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका हुन् ।

दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ  दिवस मनाउन थालिएकाे हाे ।

समाज कल्याण परिषद्ले स्थापना कालदेखि नै मुलुकमा समाज सेवाको क्षेत्रलाई प्रवर्द्धन गर्न र गैर सरकारी सङ्घसंस्थालाई समाज कल्याणको क्षेत्रमा व्यवस्थित तवरले परिचालित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै शुभकामना दिएका हुन ।

परिषद्ले स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार , युवा , महिला , वृद्ध वृद्धा तथा सीमान्तकृत समुदायको सशक्तीकरण , मानव अधिकारको प्रवर्द्धन , उद्धार , कल्याण , आयआर्जन लगायतका विविध कार्यक्रम सञ्चालन गरी हाम्रो समाजलाई लाभान्वित तुल्याउँदै आएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.