भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग

सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग

काठमाडौं । रेडियो प्रशारक सङ्घ (अकोर्याब) नेपालको दुईदिने राष्ट्रिय सम्मेलनले सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गर्न माग गरेको छ ।

अकोर्याबले अन्य सञ्चारमाध्यमको पहुँच बाहिर रहेका दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विशेष सहुलियत र सहयोगको प्रबन्ध गर्न आग्रह गरेको छ ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ को व्यवस्थाअनुसार सामुदायिक रेडियोको छुट्टै ऐन हुनु पर्ने माग गर्दै सम्मेलनले विभिन्न प्रतिबद्धता र माग गरेको हो । सामुदायिक रेडियो र कार्यरत रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियोको दिगोपनका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको छ ।

विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रसारणवापतको भुक्तानी जिल्ला हुलाकबाट सुरु गरेकामा धन्यवादसमेत व्यक्त गर्दै विज्ञापन वितरणमा विद्युतीय र छापा माध्यमप्रति गरिएको विभेद अन्त्य गरी समानुपातिक विज्ञापन नीति लागू गर्न भनेको छ ।

स्थानीयस्तरका कार्यक्रम, सूचना तथा विज्ञापन सामुदायिक रेडियोबाट अनिवार्य सम्प्रेषण गर्ने नीतिगत व्यवस्था गरी अविलम्ब कार्यान्वयन सुरु गर्न आग्रह गर्दै सङ्घले कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने संविधानप्रदत्त हकविपरीत कुनै पनि बहानामा रेडियोको नवीकरण रोक्नेजस्ता कार्य बन्द गर्न माग गरेको छ ।

अकोर्याबले रेडियो र अन्य माध्यमप्रति भएका विभेदकारी नीति तथा प्रशासनिक दोहोरा झमेला हटाई सरल र सहज विधिबाट आर्थिक वर्षको अन्त्यभित्रै रेडियो नवीकरणको व्यवस्था गर्नसमेत माग गरेको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले एकपक्षीयरूपमा बनाएका नीति तथा ऐनले सामुदायिक रेडियोको पहिचानलाई स्वीकार नगरेको हुनाले सामुदायिक रेडियो प्रसारकसँगको सहभागितामा रेडियोमैत्री नीति तथा ऐन निर्माण गर्न सम्बद्धको ध्यानाकर्षण गरेको छ ।

अकोर्याबले सामुदायिक रेडियोको नेतृत्व र प्रसारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, ज्येष्ठ नागरिक, दलित समुदाय, अल्पसङ्ख्यक, फरक क्षमता भएकालगायत पछि पारिएका समुदायलाई समतामूलक ढङ्गले अवसर पाउने वातावरण बनाउन नीतिगतरूपमै व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरेको अकोर्याबका अध्यक्ष अर्जुन गिरीले बताए ।

 


Thali Mobile Pvt.Ltd.