काठमाडौं । साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामी वर्ष जवान छनोट भएका छन् । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान २०७७ छनोट गरेको हो ।
आज २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने जनाइएको छ । वर्षभरि उत्कृष्ट काम गर्ने जवानदेखि वरिष्ठ हबलदारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गरिदै आएको छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकामा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।
