भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

सिंहदरबारमा गोली चल्यो

सिंहदरबारमा गोली चल्यो

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओले बोकेको पेस्तोल भुइँमा खस्दा सिंहदरबारमा गोली चलेको छ। असइ अनुपमा भारतीले बोकेको पेस्तोल भुइँमा खस्दा गोली चलेको हो।

अपराह्नको करिब ५ बजे असइ भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो। झुक्किएर पेस्तोल भुइँमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

उनका अनुसार गोली चल्दा कुनै क्षति भने भएको छैन। ‘मिस ह्यान्डलिङ भएर गोली चलेको हो, यसबारेमा हामीले बुझिसकेका छौँ,’ उनले भने।

 


Thali Mobile Pvt.Ltd.