भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सिक्किमी बाढीमा १४ जनाको मृत्यु, १ सय २० जना बेपत्ता

सिक्किमी बाढीमा १४ जनाको मृत्यु, १ सय २० जना बेपत्ता

एजेन्सी । सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् । सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता भएको जनाएका छन् ।

जसमध्ये २३ भारतीय सैनिक छन् । बुधबार बिहान परेको भारी वर्षापछि सिक्किमको ग्लेशियर तालले आफ्नो किनार भत्काएर अचानक बाढी निम्त्याएको थियो । हिन्दुस्तान टाइम्सले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ कि मृत्यु हुनेको संख्या बढ्न सक्छ।

लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ । बाढीका कारण उक्त क्षेत्रमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेको र उनीहरुको सकुशल उद्दारका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.