भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नी, । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाई छ । स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् । पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्।

आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् । ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ । जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई वेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.