भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सिन्धुली, रामेछाप र दोलखामा मतपत्र ढुवानी आज

सिन्धुली, रामेछाप र दोलखामा मतपत्र ढुवानी आज

काठमाडौं । सिन्धुली, रामेछाप र दोलखाका लागि निर्वाचन आयोगले आज मतपत्र ढुवानी गर्दैछ ।

जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको र आज सिन्धुली, रामेछाप तथा दोलखाका लागि मतपत्र ढुवानी गर्न लागेको हो ।

१७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको तथा लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाइसकेको छ ।

मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाई सकिएको आयोगले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.