भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘सिमानामा हाम्रो माटो मिच्न नखोज’

‘सिमानामा हाम्रो माटो मिच्न नखोज’

काठमाडौं । भारती सरकारले नेपाली भूमी लिम्पियाधूरा, लिपूलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेको प्रति नेपाली कलाकारहरुले विरोध जनाएका छन् । कलाकारहरुको समुहले भारतीय शैलीको विरोधमा ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको गीतमा चर्चित गायक यम बराल र रितु गुरागाईँको स्वर रहेको छ । वीइ स्टार नेपाल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दर्जनभन्दा बढि चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र गढालको शब्दमा उनिएको गीतमा चेतन सापकोटाको भरेका संगीत छन् । गीतको भिडियो पनि गायक तथा संगीतकार चेतन सापकोटाले नै निर्माण गरेका छन् । गीतमा चेतन सापकोटा, युवराज वाईवा, प्रेम कुमार राई, पवित्रा गुरुङ्ग र लक्ष्मी स्यात्याङको सामुहिक स्वर पनि रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.