भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सिरियामा एक पत्रकारसहित चार जनाको मृत्यु

सिरियामा एक पत्रकारसहित चार जनाको मृत्यु

सिरिया । सिरियामा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । त्याहाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको हो ।

दारा प्रान्त वर्षौँदेखि हिंसाको चपेटामा छ । प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा दुई सय ७० जनाभन्दा धेरै पत्रकार मारिएका छन् । सिरियाको द्वन्द्वमा पाँच लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् ।

निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास अल–अहमद र सैनिक जवान दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बम विस्फोटमा परेका थिए । आतङ्कवादी समूहले सडकमा बम राखेको सुरक्षा निकायलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.