भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिस्नेखोलाले कार बगाउँदा चार महिलाको मृत्यु

सिस्नेखोलाले कार बगाउँदा चार महिलाको मृत्यु

देउखुरी, । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही–१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो । सोही घटनामा घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकाको शव प्रहरीले आज बिहान ३ः०० बजेतिर घोराही–३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए । गाडी चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.