भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सीमामा सशस्त्र प्रहरीमाथि भारतीयले गरे हँसिया प्रहार

सीमामा सशस्त्र प्रहरीमाथि भारतीयले गरे हँसिया प्रहार

१० साउन २०७७ रौतहट । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले घरेलु हतियार प्रहार गरेको छ । परोहा नगरपालिका(८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप हुदा भारतीय आततायीले प्रहार गरेका हुन ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द रहेका बेला भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलले रोकेको थियो । किन रोकिस भनेर सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.