भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

ठेकेदारमार्फत हुने विकास निर्माणका कार्य कमजोर र गुणस्तरहीन : मेयर प्रजापति

ठेकेदारमार्फत हुने विकास निर्माणका कार्य कमजोर र गुणस्तरहीन : मेयर प्रजापति

१० साउन २०७७ भक्तपुर । ठेकेदारमार्फत हुने विकास निर्माणका कार्यहरु कमजोर र गुणस्तरहीन हुने हुदा भक्तपुर नगरपालिकाले वातावरण र कला संस्कृति संरक्षणको लागि आवश्यक कानुन बनाइ अगाडि बढ्ने योजना बनाएकाे छ ।नगरपालिका वडा नंं ८ माहेश्वरीमा अवस्थि दुवेङ्क फल्चाको शिलान्यास गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले
यस्काताे बताएका हुन ।

भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा प्राप्त जनश्रमदान र आर्थिक सहयोगका कारण अनुमानित भन्दा आधा बजेटमा जीर्णोद्धार सम्पन्न भएको कुराकाे स्मरण गर्दै प्रमुख प्रजापतिले “सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षणमा भक्तपुर नपाले गरेको काम र शैलीबाट अरु स्थानीय तहहरुले सिक्न चाहेकाे बताए ।

भक्तपुर नपाको आ.व. २०७७-०७८ को वार्षिक बजेट रु. १ अर्ब ८२ करोड रहेको र बजेटका रकम नगरको विकास निर्माणमा प्रयोग हुनुका साथै नगर र नगरबासीहरुको हितमा प्रयोग हुने विचार व्यक्त गरे । भक्तपुरमा विकासका कार्य उपभाेक्ता समितिमार्फत धमाधम भैरहेका छन् ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै फल्चाको पुनःनिर्माण कार्य सुरु हुने बताए । फल्चा निर्माणको लागि जनश्रमदान र आर्थिक सहयोगको लागि नगरवासीलाइ आह्वान गरे । दुवेङ्के फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पाटीको पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत हुन लागेको जानकारी दिदै भक्तपुरमा पहिलेदेखि सम्पदा निर्माण जनश्रमदानमार्फत हुने गरेको स्मरण गरे ।

 


Thali Mobile Pvt.Ltd.