अमर चन्द / राकम कर्णाली । यो तस्बीरले नै प्रष्ट भनिरहेको छ कि आठबीस नगरसरकार सुतिरहेको छ । प्रदेश र केन्द्र सरकारको के मुख ताक्नु आफ्नै शरीरको हिलो टक्याउदैन स्थानीय सरकार । हो व्यक्तिगत महान्ताका लागि भने हानाथाप नै चलेको छ । अझ अरूलाई पाठ सिकोस भनेर यस्तो गरेकी भनेर पनि भनिन्छ ।

हिलाम्य राकम बजार
खै त जनप्रतिनिधि फलानोले यो रोड बनायो, सामाजिक काममा यति सहयोग ग¥यो, फलानो बस्ती विकासमा यति सहयोग गर्यो ? भनेर कहिल्यै सुनिदैन । कार्यकाल सकिनै लाग्दा पनि बरू भ्रष्टाचारका कुरा आए, तर सहयोग गरेका कुरा कहिल्यै सुनिएनन् । आठबीसको केन्द्र राकम कर्णालीको मुटु हाे याे ।
यी केही प्रतिनिधि तस्बीर यहाँ पोष्ट गर्न पनि… केमा हान्यो छिटा आफ्नै नाकमा भने जस्तै आफ्नै ठाउँको बेइजत …खैर केही छैन । सबैले थाहा पाउलान भनेर पाेष्ट गरेकाे । हेर्नुहोस् यी तस्बीरले के भनिरहेको छ ?…
अलिकति भएपनि नगरसरकारलाई ब्युझाउन सजिलो होला भनेर एउटा सचेत नागरिकको हैसियतले यो तस्बीर पाेष्ट गरिएकाे हाे । महासय अन्यथा नलिनु हाेला… नत्र यति पनि गर्न उचित थिएन किनकी अर्को पाँच वर्षका लागि भएपनि जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि छिटो आए हुन्थ्यो भन्ने कुरा यहाँका नगरबासीलाई लागिसकेको छ ।
यहाँ यही रोड भएर ओहोर दोहोर गर्छन् जनप्रतिनिधिहरू । अहँ कत्ति लाज पनि लाग्दै न, लाज पचाएर हिड्छन् । बरु हिलो लाग्छ कि भनेर सुरुवाल, पाईन्ट, सारी माथि खुम्च्याएर हिड्छन्, तर यो रोड बनाउनु पर्छ भन्ने हेक्का सम्म राख्दैनन् …। याे समस्या अहिले समस्या हाेइन याे हालत पहिले देखिकै हाे ।
अब यो रसिद हेरौं… एक दुईदिन सामाजिक सन्जालमा निकै भाईरल भइरहेकाे छ । यो तस्बीरकाे नियत जे सुकै होस् यहाँ राजनैतिक गन्ध देखिएको छ । सचेत भएर सबैलाइ बाटाे देखाएकाेमा नगर उपप्रमुख दिपा दिदीलाइ धन्यबाद । तर यसकाे अासय जसरी बजारमा गएकाे छ त्याे भने फरक ढंगले गएकाे छ ।
म राम्रो, मैले असल गरे राज्यका लागि भन्ने दम्भ देखाइ भनेर बजारमा छताछुल्ल भएकाे छ । तर यसले केही कुरा भने पक्कै बोलेको छ । हो यसले नगरपालिकालाई आर्थिक लाभ त भयो । तर तपाइले प्रयाेग गरेकाे टिपर यही राेड भएर हिड्याे हाेला हैन ? याे राेडकाे हालत तपाइलाई थाहा छैनर ?
यो तपाइले तिरेकाे कर यस राेडमा लागेकाे त देखिदैन । हाे त्याे लाभ कहाँ लागु भएको छ खै ? माथिका तस्बीरले उत्तर आफै दिईरहेको छ । यो रसिदको विरोध गरेको होईन नियतको कुरा गरेको हो । आठबीसको केन्द्रमा खानेपानी, बिजुली, बजारीकरण, न्यायिक निकाय सबैको हालत त्यस्तै छ । विकासको पर्खाइमा रहेका नगरबासी वाक्क भएका छन् ।
प्रदेश सरकारले हेरेन ? केन्द्रीय सरकारले हेरेन भनेर भाषण त खुब गरिन्छ तर आफ्नै सरकारले जाबो यो रोडमा बालुवा समेत हाल्न सक्दैन भने मैले यसो गरेँ भनेर के फुर्ति लाउनु ? विगत १७ वर्ष अगाडि जस्तो थियो अहिले पनि त्यहि अस्थामा रहिरहनु जनप्रतिनिधिको लाचारी र बेईमानि र लाजमर्दाे बाहेक अरु केहि होईन ।
त्यसैले व्यक्तिगत रूपमा मैले यसो गरे, उसो गरे भनेर अाफ्रनै तारिफ सामाजिक सन्जालमा रंग्याउनु भन्दा जनताले मनमा रंगाएकाे भए कित अानन्द हुन्थ्याे हाेला…। त्यसैले नागरिकको पक्षमा सही काम गर्ने कि महोदय । मैले यसो गरे भन्नु भन्दा चुनाव जिते देखि यता तपाईहरुले के के गर्नु भयो भन्ने कुरा हामी जनताले राम्रोसंग बुझ्ने मौका पाएका छौं । आगामी चुनावमा म भनेर ठडिदा जनताले चप्पल खोलेर प्रहार गर्नु पर्ने वातावरणको सृर्जना नगर्नुहोस् जनताकाे पक्षमा दिल खाेलेर लगाउनु हाेस् ता कि सदा सदा जनप्रतिनिधि तपाइ नै हाे भन्न बनाउनुस चेतना भया ।
