भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

देउखुरी । पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन् । “स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताइन् ।

भत्तारकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । गत असार १० गते आयोजना गरिएको नवौँ नगरसभामा उपाध्यक्ष विश्वकर्माले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तुत गर्नुभएको रु ५१ करोड ६४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ । कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ ।

“ हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका” नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ । त्यस्तै सस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाले शहिद तथा बेपत्ता परिवार, द्धन्दका घाइते, अपाङ्गता भएकालाई मासिक रु पाँच सय वृत्ति विकासको व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले जानकारी दिइन् । सो गाउँपालिकाको गत असार ९ गते आयोजना गरिएको नवौ नगरसभामा उपाध्यक्ष घर्तीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित भएको छ

 


Thali Mobile Pvt.Ltd.