भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुदूर र मध्यपश्चिममा भारी हिमपात, हिउँले खानेपानीका पाइपहरू जाम

सुदूर र मध्यपश्चिममा भारी हिमपात, हिउँले खानेपानीका पाइपहरू जाम

काठमाडौं । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको हो । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ भने हिमपातले जनजीवन कष्टकर बनेको छ ।

चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । यता दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपी हिमाल, न्वालपानी, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउँपालिका–२ का स्थानीय धनसिंह धामीले बताए ।

त्यस्तै, ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा–२ को राप्ला, दुम्लिङ, वडा–४ को सुन्सेरा, डोकट, वडा–५ को धौलाकोट, वडा–६ को हुतीलगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिकाका स्थानीय पदमराज भट्टले बताए ।

कालापानी नजिकको क्षेत्र वडा–१ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँले खानेपानीका पाइपहरू जाम भएका छन् भने शौचालय जानसमेत समस्या भएको छ । छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् ।

तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ । अहिले चिसोका कारण ब्यास गाउँपालिका–१ छाङ्रुमा रहेका सुरक्षाकर्मीलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.