भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी

डोटी । पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएकाे  बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७।२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मृत्युदर २।१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ । यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.