भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा थप १४८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो हप्तामा कोभिड–१९ का शङ्कास्पद एक हजार ४१८ जनाको नमूना परीक्षण भएको छ । यो अवधिमा थप एक हजार ४६ शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भएको छ ।

यो हप्तामा थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म जम्मा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेकामा सबैभन्दा बढी मृत्यु हुने प्रदेशको राजधानी जिल्ला कैलालीका २९ जना छन् । एक महिनाअघिसम्म शङ्कास्पदको नमूना सङ्कलन हुने दर योभन्दा बढी थियो ।

लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको जनाइएको छ । कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नयाँ थपिएकासमेत आजसम्म जम्मा १३ हजार ८७६ जना सङ्क्रमित पुग्दा १२ हजार १३९ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.