सुनकोशी दुर्घटनामा बेपत्ता एक जनाको पनि शव भेटियो

सुनकोशी दुर्घटनामा बेपत्ता एक जनाको पनि शव भेटियो

काठमाण्डौ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा भएको दुर्घटनमा हराइरहेका एक जनाको लाश फेला परेको छ । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका–५ मा सुनकोशी नदीको किनारमा शनिबार फेला परेको हो ।

जेठ १९ गते भएको दुर्घटनमा हराइरहेका तीन जनाकै शव भेटिएको छ । सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो । जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.