भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सुरु भयो रुपाली होलीको रौनक

सुरु भयो रुपाली होलीको रौनक

महेन्द्रनगर, । पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन् । विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ ।

होटल व्यवसायी सङ्घ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताए । “पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो”, उहाँले विगत सुनाउँदै भन्नुभयो, “अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन् ।” भव्यरुपमा यो पर्व मनाउँदै आएको भीमदत्तनगरका स्थानीय अजुर्नदेव जोशीले जानकारी दिए । उनले आफ्नो परम्परा, संस्कृतिको जगेर्ना र युवा पिँढीलाई आत्मसात् गर्न होली रुपाली समुदायको घर–घरमा पुगेर मनाउने गरेको बताए ।

“हाम्रो होली मित्रताको भावनाअनुसार खेलिन्छ”, उनले भने, “धार्मिक महत्व रहेकाले होलीमा मदिरालगायतका मांशाहारी खाना बन्देज हुन्छ ।” त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताइन्। “यहाँ होलीमा सङ्कलन भएको रकमले वैजनाथ मन्दिरको विकासमा खर्च गर्ने गरेका छौँ”, जोशीले भनिन्, “आजबाट घरघरमा पुगेर होली खेल्ने तयारी छ ।” उनले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताइन्।

दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन् ।  फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ । देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ । यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन । आज यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर बिर्सजन हुने जोशीको भनाइ छ । उनले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताइन् । रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवान्का गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ । “बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ”, जोशीले भनिन्, “परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ ।”

 


Thali Mobile Pvt.Ltd.