भर्खरै : Sorry, your browser does not support inline SVG.
युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति |

सुर्खेतका पालिकाहरूको बजेट

सुर्खेतका पालिकाहरूको बजेट

सुर्खेत । चौकुने गाउँपालिकाले आगामी आर्थिक २०८०–०८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १४ औँ गाउँ सभामार्फत गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले आव २०८०–०८१ का लागि ६६ करोड २९ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले चालुतर्फ ३६ करोड ५७ लाख ८१ हजार र पुँजीगततर्फ २९ करोड ७१ लाख ९५ हजार गरी जम्मा ६६ करोड २९ स्वास्थ्य, कृषि, भूमि सुधार लगायतका विषयलाई प्राथामिकतामा राखिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यव्रmम र बजे टमार्फत तीन वर्षमा सबै नागरिकको हातमा लालपुर्जा वितरण गर्ने उद्देश्यले भूमिसुधारको विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ । सुर्खेतको बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार बजेट विनियोजन भएको छ । बराहताल गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

१३ औ गाउँ सभामार्फत गाउँपालिले बजेट तथा कार्यव्रmम ल्याएको हो । सुर्खेतकै पञ्चपुरी नगर पालिकाले झन्डै ६६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । पञ्चपुरी नगर पालिकाले आव २०८०र८१ का लागि ६६ करोड ९८ लाख ३४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ ।

चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट विनियोजन गरिएको छ । नगर पालिकाको १३ औँ नगर सभाबाट आर्थिक व २०८०र८१ को बजेट प्रस्तुत गरिएको हो । नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले बजेट प्रस्तुत गरेकी थिईन् ।

यस्तै पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाले विकास बजेट चालु बजेटभन्दा झण्डै तीन गुणा कम बराबरको बजेट सार्वजनिक गरेको छ । गुर्भाकोट नगरपालिका ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट आएको छ ।

जसमा चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पूँजिगततर्फ २३ करोड ५५ लाख सात हजार रहेको छ । यो चालू आर्थिक वर्षको बजेट भन्दा झण्डै तीस करोडले बढी हो । चालु आवमा गुर्भाकोटले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।

यस्तै भेरीगंगा नगरपालिकाले आगामी वर्षका लागि ६८ करोड ९९ लाख ८१ हजार १ सय ३९ रुपैयाँ बराबरको ल्याएको छ । यस्तै सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै आठ करोड बजेट घटाएर ल्याएको छ ।

आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ५८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पूँजिगततर्फ १८ करोड २८ लाख ६६ हजार छ । चालू आर्थिक वर्षमा सिम्ताले ६४ करोड ३९ लाख आठ हजार नौ सय २७ रुपैयाँ बजेट रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.