भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सुर्खेतमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

सुर्खेतमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना गरिएको छ । बुधबारदेखि वीरेन्द्रनगरमा उक्त चलचित्र महोत्सव सुरु भएको हो । द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा महोत्सव ३ दिन चल्ने छ ।

‘सबैका लागि मानवअधिकार उत्सव’ नारा दिइएको उत्सवमा विशेषगरी मान अधिकारसँग सम्बन्धित चलचित्र देखाइदै छ । महोत्सवको पहिलो चरण सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय वैशाख १५ देखि १७ गतेसम्म भएको थियो ।

दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको हलमा आयोजना हुने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोता डेप्रेजले जानकारी दिइन् । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

युरोपका ८ सहित नेपाली चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने छ । यस वर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासडरको रुपमा अभिनेत्री मिरुना मगर रहेकी छन् । चलचित्र प्रदर्शन मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.