भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सूर्यविनायक वडा नं ८ दार्जिलिङ हाईट र मिलनबस्तीमा व्यवसायीद्धारा राहत वितरण

सूर्यविनायक वडा नं ८ दार्जिलिङ हाईट र मिलनबस्तीमा व्यवसायीद्धारा राहत वितरण

२१ बैशाख २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लकडाउन जारी रहेको वेला समस्यामा परेका मानिसलाई सहयोग गर्ने सहयोगी हातहरु पनि बढदै गएका छन् ।

लामो समयको लकडाउनका कारण दैनिक जीवन यापनमा कठिनाई भएपछि भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित दार्जिलिङ हाईट र मिलनबस्ती टोलमा व्यवसायीहरुले राहत वितरण गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ८ मा रहेका विपन्न परिवारलाई दार्जिलिङ हाईट र मिलनबस्ती टोलमा व्यवसायी तथा समाजसेवी पूर्ण बहादुर लिम्बू र डिल्लीराज बराइलीले राहत वितरण गरेका हुन ।

८५ घर परिवारलाई राहत वितरण गरेको स्थानीयले बताएका छन् । लकडाउनका कारण समस्यामा परेका मानिसलाई सहयोग पुगोस भन्ने उदेश्यले राहत वितरण गरेको व्यवसायी तथा समाजसेवी पूर्ण बहादुर लिम्बू र डिल्लीराज बराइलीले कैलाश खबरलाई बताए ।

प्रति परिवार एक एक बोरा जिरा मसिनो चामल, डेढ किलो दाल, एक किलो मस्यौरा, एक प्याकेट नुन, एक पाकेट तेल राहत बितरण गरेको लिम्बु र बराइलीले बताए । आफु समस्यामा परेका बेला सहयोग गरेकोमा स्थानीयले लिम्बु र बराइलीलाई धन्यवाद दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.