भर्खरै : Sorry, your browser does not support inline SVG.
तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता |

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताउनुभयो ।

“अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक  उनुभएको छ”, उहाँले भन्नुभयो, “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।” अस्पतालमा दश आइसियु ९सघन उपचार कक्ष० र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ । अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ । आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ ।

डा।कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ ।

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका समेत गरेर प्रदेशमा कोभिड—१९का कूल सङ्क्रमित आठ हजार २९६ पुगेको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै गएको छ । बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीका ७२५ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित बुधबार एक हजार ३०२ पुगेका छन् । चाड पर्व नजिकिदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ । कोभिड–१९को सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई÷दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक गरी १९ जना मृत्यु भएको छ ।

त्यस अवसरमा नगरप्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलको नमूना बस्तीका रूपमा विकास गर्ने गरी योजना बनिरहेको बताउनुभयो । प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रूपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरमा गाउँ ब्लक जग्गामा रहेका करिब ५०० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बुटवलमा अव्यवस्थित बसोवासीको लगत सङ्कलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनुपरेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमूना काम गरिरहेको छ ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.