भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

तीन जना स्वयंसेवकबाट क्वारेन्टिनमा बसेकी एक महिला बलात्कृत

तीन जना स्वयंसेवकबाट क्वारेन्टिनमा बसेकी एक महिला बलात्कृत

३२ जेठ २०७७ कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ को क्वारेन्टिमा एक महिला बलात्कृत भएकी छन् । सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलालाई तीन जनाले बलात्कार गरेको खुल्न आएको छ ।

पीडित महिलाले न्यायको माग गर्दै हार गुहार गरेकी छिन् । क्वारेन्टिनमा राखिएका तीन जना स्वंयमसेवकले आफुमाथि बलात्कार गरेको बताएकी छन् ।

kailali Repशनिबार राती उनीहरुले बलात्कार गरेको भन्दै हारगुहार गरेपछि आरोपीलाई पक्रन ढिला गरेको भन्दै लम्कीचुहा नगरपालिकामा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले वडा नं १ को कार्यालयमा समेत तोडफोड गरेका छन् ।

बलात्कारीलाई हदैसम्मको कारवाहीकाे माग गर्दै उनीहरुले नारावाजी गरेका छन् । बलात्कारी फरार रहेकाे लम्कीका स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.