हाकिमलाई कुटपिट गर्ने महिला कर्मचारी बर्खास्त

हाकिमलाई कुटपिट गर्ने महिला कर्मचारी बर्खास्त

साउन २०७७ काठमाडौं । विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त भएका छन् । शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि महिला कर्मचारीले हातपात गरेका थिए ।

करारमा काम गर्दै आइरहेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई सञ्‍जेलले बर्खास्त गरेका हुन् । उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै सञ्‍जेलमाथि कुटपिट गरेका थिए । करारका कर्मचारी उनीहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् । बर्खास्त भएका दुई कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान गरिरहेको छ। घटनामा मिलापत्र गर्न सञ्‍जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको छ।

 


Thali Mobile Pvt.Ltd.