भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपालमा प्रयोग गरिने इरेजरमा हानिकारक केमिकल फेला

नेपालमा प्रयोग गरिने इरेजरमा हानिकारक केमिकल फेला

काठमाण्डौ । हाम्रा बालबालिकाहरुले प्रयोग गर्ने इरेजरमा हानिकारक केमिकल फेला परेको छ । सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग धेरै भएको एसियाली देशहरूको नमुना अध्ययनका क्रममा देखिएकाे हाे । इरेजरमा फ्थालेट्स नामक केमिकल नेपालमा धेरै प्रयोग भएको पाइएको अध्ययनले देखाएको छ  ।

आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिन   विज्ञहरूले  आग्रह गरेका छन्रिर । फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्‍याउने अध्ययनले देखाएको छ ।

यो रसायनको प्रभावले प्रजजन क्षमतामा समेत असर पर्न सक्ने उल्लेख गरिएको छ । एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक हुने अध्ययनले देखाएको छ । नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको हाे  ।

 


Thali Mobile Pvt.Ltd.