भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

हिरासतमै थुनुवाको मृत्यु

हिरासतमै थुनुवाको मृत्यु

विराटनगर । ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ । जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो ।

मोरङ केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरी सरकारी वकिल कार्यालयमा बेहोस भएकाले उपचारका लागि कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए ।

सकुन्तलामाथि २०७८ माघमा आक्रमण भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.