भर्खरै : Sorry, your browser does not support inline SVG.

हुन्छ त सूर्य चिन्ह ‘फ्रिज’ ?

हुन्छ त सूर्य चिन्ह ‘फ्रिज’ ?

काठमाडौं । नेकपाको विवाद छिलुंग्याउन निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । निर्वाचन आयोगमा नेकपा ओली र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग अपठ्यारोमा परेको हो ।

निर्वाचन चिन्ह र नेकपाको वैधानिकता कसलाई र कुन आधारमा दिने भन्नेमा आयोगले निर्णय गर्न अहिले सम्म सकेको छैन । सामान्यतया दल ऐनअनुसार बहुमत पक्षलाई आधिकारिकता दिनुपर्ने भएपनि आयोगले त्यसलाई बेवास्ता गर्दै आएको छ ।

आयोगलाई निर्वाचन आचारसंहिता जारी गर्न सरकारी पक्षले दवाव दिइरहेको छ भने नेकपाको विवाद निकै जेलिएको छ । अहिले आयोगले विभिन्न कोणबाट छलफल गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.