भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

कोभिड–१९ को प्रभावमा ‘तनहुँ सभाहल’

कोभिड–१९ को प्रभावमा ‘तनहुँ सभाहल’

तनहुँ (रासस) । गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा निर्माणाधीन ‘तनहुँ सभाहल’को निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७४ पुस १३ मा सम्झौता गरी विसं २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरी श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको हो । कोभिड–१९ का कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि छ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो ।

उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः छ महिना समय थप्नका लागि प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताउनुभयो । व्यास नगरपालिका–३ बिपीवन बाटिकामा निर्माण गरिएको उक्त भवनको निर्माणको कार्य सम्पन्न भए पनि फिनिसिङको कार्य बाँकी रहेको छ । उहाँका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडानलगायतका कार्य भइरहेका छन् ।

करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको बताइएको छ । चार ढलानको निर्माण हुने सो भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायतका सुविधायुक्त कक्ष रहने छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिनुभयो । भवन कूल रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा बन्न लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.