भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

होम आइसोलेसनमा बसेका ४ संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका ४ संक्रमितको मृत्यु

काठमाडौं । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यस्तै झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके जिल्लामा मात्रै ३० जनाको मृत्यु भएको छ । उता सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह(प्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिए । आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.