भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रुघाखोकी लागेमा बाफ लिनुहोस्

रुघाखोकी लागेमा बाफ लिनुहोस्

काठमाडाैं । रुघाखोकी लाग्नसाथ नडराएर बाफ लिन चिकित्सकले सुझाव दिएका छन् । कोरोनाको सुरुवाती लक्षण भएपनि नडराउन सुझाव दिएका हुन । चिसो मौसम सुरु भएसंगै सामान्यत सबैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही समयपछि यो आफै निको हुन्छ ।

रुघाखोकीले सताएमा प्रशस्त तातो पानी, झोलयुक्त पदार्थ खाने र आरम गर्नु पर्छ । बुढापाका, रोगी र बालबच्चालाई अलि बढी नै सताउने गर्दछ । चिसोको कारण निमोनिया हुने खतरा रहन्छ । त्यसैले जाडो सुरु भएसँगै केही सावधानी अपनाउन जरुरी छ । रुघाखोकी लाग्नसाथ औषधि खोज्ने प्रवृत्ति पनि धेरैको हुन्छ ।

तर, सामन्य रुघाखोकीमा घरेलु ओखती नै काफी हुन्छ । त्यसैगरी रुघाखोकी लागेको बेला तातो पानीको बाफ लिनु सर्वोत्तम हो । यसले बन्द नाक खुल्छ, फोक्सोलाई पनि फाइदा गर्छ । बेला बेलामा तातो पानीको बाफ लिएमा रुघाखोकीको समस्याबाट चाडै छुटकारा पाइने चिकित्सकको सुझाव ।

मह मिसाएको तातो पानीले रुघामा धेरै राहत दिन्छ । त्यसैगरी बेसार र दुध । एक गिलास तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ ।अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दुध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.