भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

११९ वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द

११९ वर्षपछि पहिलोपटक भक्तपुर अस्पतालमा सञ्चालित आईसीयू सेवा बन्द

भक्तपुर । स्थापना भएको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक सञ्चालनमा आएको बच्चाको आईसीयू सेवा बन्द भएको छ।

फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आईसीयू सेवा उनी सरुवा हुने वित्तिकै बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो ।

भक्तपुर अस्पताललाई रिफर सेन्टर हुन बाट बचाउने उदेश्यले सञ्चालनमा ल्याइएको बच्चाको आईसीयू ससेवा मेसु सरुवा भएलगत्तै बन्द भएको कर्मचारी बताउछन् ।

तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआईसीयू र १६ शय्याको अर्को आईसीयू सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरुवा भएको केही दिन पछि नै बच्चाको आईसीयू बन्द भएको सुन्दा दुःख मात्रै होइन पीडा भएको बताइन् ।

अस्पतालले बच्चाको आईसीयू सञ्चालन गर्न थप छ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेको थियो । उक्त बन्द गरिएको सेवा पुनः सञ्चालन ल्याएर सेवा दिन उनले आग्रह गरिन् ।

नमुनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आईसीयू तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले बताए।

अस्पतालले तयारी नै नगरी एनआईसीयू सञ्चालन गरेकाले बन्द गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर ढुङ्गेलले बताए।

 


Thali Mobile Pvt.Ltd.